बुधबार, मंसिर १३, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकामा एक नर्सले इन्सुलिनको ओभरडोज दिएर १७ जनाको हत्या गरिन्

अमेरिकामा एक नर्सले इन्सुलिनको ओभरडोज दिएर १७ जनाको हत्या गरिन्


कान्तिपथ


काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एक नर्सले १७ जना बिरामीको ज्यान लिइन् । न्यूयोर्क टाइम्सका अनुसार ४१ वर्षीया हेथर प्रेस्डीले १९ जनाभन्दा बढीलाई इन्सुलिनको उच्च डोज दिएकी थिइन् ।

उनले २०२० देखि यो काम गरिरहेकी थिइन् । मृत्यु भएका धेरै बिरामीहरूलाई मधुमेह थिएन। तर पनि नर्सले उनीहरूलाई इन्सुलिन दिइन् ।

मे २०२३ मा प्रेस्डीले १९ जनालाई इन्सुलिनको अत्यधिक मात्रा दिएको स्वीकार गरिन्। यसपछि उनलाई पक्राउ गरिएको हो । अहिले यो मुद्दाको सुनुवाइ चलिरहेको छ । उनीमाथि फर्स्ट डिग्री हत्याको अभियोग लगाइएको छ । अचम्मको कुरा के हो भने हत्याको कारण भने खुल्न सकेको छैन ।

न्युयोर्क टाइम्सका अनुसार मृत्यु हुनेहरुको उमेर ४३ देखि १०४ वर्षको बीचमा थियो । ६८ वर्षीया मारियान बोवर पनि पीडित थिइन् । सेप्टेम्बर २०२१ मा उनको मृत्यु भयो।

सास फेर्न गाह्रो भएपछि मारियानको मृत्यु भएको परिवारका सदस्यले सोचेका थिए तर पछि प्रहरीले नर्स प्रेस्दीले बोवरको ज्यान लिएको बताएको थियो । प्रेस्दीले मधुमेह नभए पनि बोवरलाई इन्सुलिन दिएको स्वीकार गरिन् । मार्च २०२३ मा उनले १०४ वर्षीया गैर मधुमेही महिलालाई पनि इन्सुलिन दिइन् ।

हेदर प्रेस्डी २०१८ मा नर्स भइन् र त्यसपछि ११ अस्पतालमा काम गरिसकेकी छिन्। उनले विभिन्न ५ अस्पतालमा १९ जनालाई मार्ने प्रयास गरेकी थिइन् । जसमध्ये १७ जनाको मृत्यु भएको छ ।

यसअघि अमेरिकी पुरुष नर्सले आफ्नो १६ वर्षको करियरमा ४० जनाको हत्या गरेका थिए।अमेरिकी नागरिक चार्ल्स कलेन प्रमाणित र दर्तावाला नर्स थिए। १६ वर्षको आफ्नो करियरमा उनले ९ अस्पतालमा काम गरे ।

सुरुमा हेर्दा उनको बारेमा कसैले नराम्रो भन्न सक्ने नभएपनि अचानक अस्पतालमा एकपछि अर्को बिरामी मर्न थाले । विशेष गरी ती बिरामीहरू जो चाँडै निको हुन गइरहेका थिए।

नर्स चार्ल्स कलेनले आफ्नै निगरानीमा बिरामीहरूलाई गलत औषधि खुवाउने गर्थे, त्यसपछि मुटुले काम गर्न छाड्थ्यो । उनलाई २००३ मा पक्राउ गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत