बिहिबार, मंसिर १४, २०८०

टिकटकले 30 लाख अपाच्य भिडियोहरु हटाएको जानकारी


कान्तिपथ


 

टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई १३ अक्टोबरमा पत्र लेखेर टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पर्याप्त आधार विना नै सरकारले अनुचित रूपमा टिकटक बन्द गरेको उल्लेख गरेको छ।

सरकारले २७ कात्तिकमा सामाजिक सद्‌भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय लगत्तै टिकटकले सात बुँदामा विगतमा नेपालमा सरकारसँग भएका समझदारी उल्लेख गरेर असन्तुष्टि सहितको पत्र पठाएको हो। पत्रमा टिकटकले नेपाल सरकारका हरेक चासोलाई सम्बोधन गर्न आफूहरू तयार रहेको उल्लेख छ।

टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकताको विषय भएको उल्लेख गर्दै नेपालको स्थानीय कानून विपरीतका सामाग्री हटाउने गरी नेपाल सरकारले सीधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको पत्रमा उल्लेख गरेको छ। गत जून महीनाको ७ तारीखका दिन स्थानीय कानूनको उल्लंघन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सक्ने सुविधा सहितको ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूलको पहुँच दिएको उल्लेख गरिएको छ।

सन् २०२२ को अक्टोबरदेखि गत जून महीनासम्म टिकटकले सामुदायिक गाइडलाइन उल्लंघन गरेका २९ लाख ८० हजार भिडिओ स्वतस्फूर्त रूपमा नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको पत्रमा उल्लेख गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत