काठमाडौँ I काठमाडौँको गौरीघाट क्षेत्रमा छठ पर्वका लागि तयारी थालिएको छ । शनिवारसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।
गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने काम जारी रहेको उहाँले बताउनुभयो । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ