शुक्रबार, मंसिर १५, २०८०

प्रधानमन्त्रीले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण: भविष्यका लागि सहकार्य’ रहेको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत