बिहिबार, माघ २४, २०८१

पप्पु कन्ट्रक्सनका मालिक एमाले भित्रिदै


कान्तिपथ


जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

पूर्व सांसद रौनियारलाई पार्टी प्रवेश गराउन नेकपा एमालेले पर्साको पोखरीयामा मंसिर ५ गते बृह्त पार्टी प्रवेश कार्यक्रम गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी भइ रौनियारलाई पार्टी प्रवेश गराउने बुझिएको छ ।

केहिदिन अगाडी रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । सोही भेटमा रौनियार एमालेमा प्रवेश गर्न तयार भए । तर मंसिर ५ मा आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गर्दैछन् ।

रौनियार ०७४ मा रौनियार पर्सा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए । उनी पप्पु कन्ट्रक्सनका पूर्व मालिक हुन् । अहिले कम्पनी अरुलाई सुम्पिएका उनी पटक पटक विवादित बनेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत