मङ्लबार, माघ २९, २०८१

भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ


कान्तिपथ


काठमाडौं- भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ । निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर निरन्तर पहिरो आएपछि र हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धार प्रभावकारी हुन नसकेको हो । उद्धार प्रयासस्वरुप मानिसहरु रहेको ठीक माथिबाट प्वाल बनाउने तयारी भएको छ ।

करिव १ सय मिटरमाथिबाट प्वाल बनाई उनीहरुको उद्धार गर्न लागिएको उद्धार टोली प्रमुख नमन नारुलाले जानकारी दिनुभयो । सुरुङमा ४१ जना फसेको स्थानीय सरकारी अधिकारी अभिषेक रुहेलाले पुष्टि गर्नुभएको छ ।

शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको हो । उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी भैरहेको जनाएका छन् ।

सुरुङमा फसेकाको जीवन रक्षाका लागि खाना, पानी, अक्सिजन र औषधि ६ इन्च चौडा पाइपमार्फत पठाइएको छ । उद्धारमा ढिलाइ भएपछि सुरुङभित्र फसेकाहरू निराश भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत