आइतवार, माघ ६, २०८१

आमा याङ्ग्री : ‘हेलम्बुमा लुकेको रत्न’ (फोटोफिचर) 


कान्तिपथ


सिन्धुपाल्चोक। आमा याङ्ग्री पिक सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा पर्दछ। 

सिन्धुपाल्चोक स्थित आमा याङ्ग्री पिक धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण गन्तव्य हो । काठमाडौँबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा रहेको यो क्षेत्रलाई मनमोहक पदयात्राको रूपमा लिन सकिन्छ।

सामुन्द्रिक सतहदेखि ३,७७१ मिटरको उचाइमा रहेको आमा याङ्ग्री पिकबाट लाङटाङ, गणेश, गौरीशङ्कर लगायत दुई दर्जन भन्दा बढी हिमशृंखलाहरुको नजिक बाट दृश्यावलोकन गर्न सकिन्छ ।

स्वर्गको एक टुक्रामा पुगे झैँ लाग्ने यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाँईमा पर्नेगरेको छ । आमायाङ्ग्री ट्रेक काठमाडौँको नजिकैको क्षेत्रको ट्रेकिङ ट्रेल हो । 

आमायाङ्ग्री काठमाडौँ उपत्यका वरपरको अग्लो चुचुरो मध्ये एक हो। आमायाङ्ग्रीलाई सम्पूर्ण ह्योल्मो उपत्यका क्षेत्रको रक्षा गर्ने देवता मानिने किंवदन्ती छ। पदयात्रा मार्ग दर्शनीय छ, विविध परिदृश्य, हरियाली जङ्गल र सुन्दर गाउँहरूले भरिएको छ। यो पदयात्रा काठमाडौँ नजिकै छोटो र सजिलो पदयात्रा खोज्नेहरूका लागि उपयुक्त छ।

तस्बिर सौजन्य : रबि नेपाल



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत