शुक्रबार, मंसिर १५, २०८०

ढोरपाटनमा नाउर शिकार गर्ने ३ छन्त्याल बन्दुकसहित पक्राउ


कान्तिपथ


म्याग्दी जिल्ला स्थित बार्षे ब्लकको मनसुन मेला क्षेत्रमा अबैध रुपमा चोरी शिकारी गरिरहेको अवस्थामा व्यक्तिलाई अवैध हात- हतियार, अखेटोपहार र समानहरु सहित नेपाली सेनाको देवीबक्स गुल्म र ढोरपाटन शिकार आरक्ष कार्यालयले संयुक्त रुपमा ३ शिकारीलाई नियन्त्रण लिएको छ ।

गुल्मको सुरक्षा पोस्ट गुर्जाघाट मान बहादुर ऐर र ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले कोभर्ट पट्रोलको क्रममा म्याग्दीको धौलागिरी गाउँपालिकाका ५२ वर्षीय प्रेम बहादुर छन्त्याल, सोहि स्थानका ५० वर्षीय पहलमान छन्त्याल र २८ वर्षीय सुमन छन्त्याललाई पक्राउ गरेको छ ।

उनीहरुलाई अबैध हातहतियार, अखेटोपहार र समानहरु सहित नियन्त्रण लिई दोहोरो भरपाईका साथ ढोरपाटन
शिकार आरक्ष कार्यालयलाई बुझाईएको छ।

उनीहरुको साथबाट एकथान भरुवा बन्दुक, एकथान कार्तुस बन्दुक, एकथान खुकरी, दुईथान हसियाँ, छाला काट्न प्रयोग गरिने चक्कु दुईथान, धार लगाउन प्रयोग गरिने रेती एकथान, बाइनाकुलर एकथान, पासो बनाउन प्रयोग गरिने डोरी एकसय एकासी थान, पासो एकसय दुई थान, अन्दाजी १ बर्षको भाले नाउर र २ बर्षको पोथी नाउर काटेर राखेको अवस्थामा टाउको दुई वटा, खुट्टा आठ वटा, मासु ३० के.जी, छाला २ थान, जाली झालेला ३ थान, बन्दोबस्तीका सामान ३ सेट बरामद भएको छ ।

सोही पट्रोलको क्रममा ढोरपाटन शिकार आरक्षको बार्षे ब्लक क्षेत्रमा मृत अवस्थामा एउटा रेडपाण्डा र नाउरको एक थान सिङ्ग समेत फेला पारेको ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले कान्तिपथलाई बताए । पट्रोलको क्रममा बिभिन्न स्थानमा सिकारीहरुद्धारा राखिएको पासो समेत फेला पारी निस्कृय गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत