बुधबार, मंसिर १३, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटक प्रयोग नगर्न साइबर ब्युरोको अनुरोध

भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटक प्रयोग नगर्न साइबर ब्युरोको अनुरोध


कान्तिपथ


काठमाडौँ । साइबर ब्युरोले भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटकको प्रयोग नगर्न अनुरोध गरेको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा प्रयोग बन्द गरिएको टिकटक, भिपिएन, र डिएनएस जस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालनमा भएको सूचना प्राप्त भएको भन्दै टिकटक प्रयोग बन्द गर्न अनुरोध गरेको हो । 

अवैध माध्यमद्वारा टिकटकको प्रयोगले प्रयोगकर्ताको महत्वपूर्ण डाटा, व्यक्तिगत तथा बैङ्किङ विवरणहरूमा पहुँच पुर्‍याई आर्थिक दुरुपयोग र साइबर सुरक्षाका घटना समेत बढिरहेको ब्युरोले जनाएको छ । 

साथै गैर कानुनी सामग्री, चरित्रहत्या, सार्वजनिक नैतिकता, जातीय–भाषिक, तथा धार्मिक सद्भाव भड्काउने किसिमका गतिविधिहरू टिकटकमा पाइएकोले प्रविधिको दुरुपयोग नगर्न नगराउन पनि ब्युरोले अनुरोध गरेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत