बिहिबार, फाल्गुन १०, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रसाईंलाई कालोमोसो पोत्ने खोटाङका राईले नै महिलामाथि दुर्व्यवहार गरेको पुष्टि

प्रसाईंलाई कालोमोसो पोत्ने खोटाङका राईले नै महिलामाथि दुर्व्यवहार गरेको पुष्टि


कान्तिपथ


दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यका बाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ। सार्वजनिक भएको भिडियो फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो।

विनोद राई माओवादीबाट, विप्लव हुँदै एमालेमा आएका हुन्। उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका हो। यसअघि दुर्गा प्रसाईंलाई येलो प्यागोडा होटलमा कालोमोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको बताइएको छ।

राईको नेतृत्वमा गएको समूहले मंगलबार बेलुका लोकन्थलीको इन्द्रसान पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो। महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेट्न खोजिएको भिडियो सार्वजनिक भएसँगै युवा संघको आलोचना भइरहेको छ।

महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुग्दा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए। प्रहरीले राति ११ बजे नै युवा संघका अध्यक्ष क्षितिज थेवेलाई फोन गरेर घटनाको विषयमा जानकारी दिएको थियो। अध्यक्ष थेवेले आफूले प्रहरीबाटै थाहा पाएको बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत