शनिबार, असार ३०, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • माओवादी केन्द्रसँग पार्टी एकताका गर्न अध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा समिति

माओवादी केन्द्रसँग पार्टी एकताका गर्न अध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा समिति


कान्तिपथ


काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नेसपा) केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको पहल अघि बढाउन पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकतामा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

बुधवार केन्द्रीय कार्यालय, तीनकुनेमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लगायत विचार र राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता-ध्रुवीकरण गर्दै जाने निर्णय गर्दै समिति गठन गरेको हो ।

संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह रहनु भएको छ ।

यस्तै बैठकले संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गर्ने निर्णय पनि गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत