बिहिबार, फाल्गुन १०, २०८०

बल्खुमा ढुंगा बर्सियो !


कान्तिपथ


काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ। मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहको झडप भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भनेको छ। तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको हो।

युवा संघका कार्यकर्ताले सडकमा आउजाउ गरिरहेका जनतामाथि पनि हातपात गरेका छन्। प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ।

बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन्।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’को र्‍यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ। र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन्।

उनीहरूले हिन्दू राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत