मङ्लबार, माघ २९, २०८१

दुर्गा प्रसाईंको कार्यक्रममा ज्ञानेन्द्र पनि पुगे !


कान्तिपथ


मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर) पनि सहभागी भएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्नेछन् ।

जिल्ला प्रशासन कार्यालयले प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थान तोकिदिएको छ । प्रसाईं समूहको कार्यक्रमलाई काउन्टर दिन एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियुले पनि संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । युवा संघ र अनेरास्ववियुलाई प्रशासनले कार्यक्रम गर्न तीनकुने क्षेत्र तोकिएको छ ।

प्रदर्शनका क्रममा बल्खुमा यसअघि प्रसाईं समूहका कार्यकर्ता र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।

Photo : Barsha Shah/Deshsanchar



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत