बिहिबार, फाल्गुन १०, २०८०

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण


कान्तिपथ


काठमाडौंको बल्खुमा प्रदर्शनरत दूर्गा प्रसाई समूहका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन्। बल्खु चोकमा आयोजित कोण सभामा प्रसाईका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा–मुडा गरेका हुन्।

डुङ्गा–मुडा सुरु भएपछि प्रहरीले पानीको फोहरा प्रहार गरेर उत्तेजित भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ।

काठमाडौंको तीनकुने र बल्खुमा जामर प्रयोग गरिएको छ। बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो।

उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत