नेकपा एमालेका युवा तथा विद्यार्थी संगठनले आयोजना गरेको प्रदर्शन सकिएको छ । सुरुमा माइतीघरमा प्रदर्शनमा राखे पनि प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि तीन कुनेमा कार्यक्रम राखिएको थियो ।
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि आजै काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । प्रसाईंसँगै कार्यक्रम जुधाएर कार्यक्रम राखिएपछि प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
दुर्गा प्रसाईं समूहको प्रदर्शनलाई प्रहरीले तितरबितर बनाएको छ । प्रदर्शनका लागि प्रशासनले प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको थियो । बल्खुमा तीनतर्फबाट जुलुस आउँदै गर्दा प्रहरीले तीनतर्फको जुलुसलाई मिसिन दिएन ।
प्रसाईंले ‘अब शहर घेर्ने’ बताएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसपछि प्रहरीले हवाई फायर गर्नुका साथै अश्रु ग्यास पनि प्रहार गरेको थियो । त्यसपछि प्रहरीले पानीको फोहोरासमेत हानेको थियो । सो क्रममा केही घाइते भएका छन् । ४–५ जनालाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको छ ।
प्रसाईंको कार्यक्रम स्थल बल्खुमा झडप भए पनि एमालेको कार्यक्रमस्थल भने शान्तिपूर्ण रह्यो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ