बुधबार, फाल्गुन ९, २०८०

दुर्गाको कार्यक्रम तिनकुनेमा : ज्ञानेन्द्र झापा हिंडे


कान्तिपथ


पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) झापा भ्रमणमा निस्किँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनले झापा भ्रमण गर्न लागेका हुन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा आज दिउँसो झापा प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार पूर्वराजा आज दिउँसो काठमाडौँबाट हवाईजहाजमार्फत झापा प्रस्थान गर्नेछन्।

उनको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै छन्। राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ।

बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए। काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन गरेको भोलिपल्टै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउन लागेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत