शुक्रबार, फाल्गुन २, २०८१

दुर्गा प्रसाईं आज पशुपति नजिकै


कान्तिपथ


दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानले आन्दोलनको पाँचौँ दिन आज गौशालामा कार्यक्रम गर्ने भएको छ ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले आज पौने १२ बजे गौशालामा हुने कार्यक्रममा साधुसन्त तथ पण्डितहरूको ऐक्यबद्धता रहेको जनाएका छन् ।

उनले यही मंसिर ७ गतेबाट काठमाडौँमा सुरु भएको प्रदर्शन अब देशको मुख्य राजधानी काठमाडौँसहित जिल्ला केन्द्रित हुने जानकारी दिए ।

आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौँ आएका समर्थकहरूलाई आआफ्नै जिल्ला फर्काएर जिल्लामै आन्दोलनको तयारी भइरहेको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत