अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपमेयर सविनाकुमारी चौधरीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो । कालोपत्रे गर्ने नाममा भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले उपप्रमुख चौधरी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौं तहका सुनिलकुमार चौधरीविरूद्ध मुद्दा दायर गरेको हो ।
यस्तै, नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सब–इन्जिनियर हर्षलाल चौधरी र जलपा सिद्ध निर्माण सेवा पकली सुनसरीका प्रोपाइटर नानुकुमार निरौलाविरूद्ध अदालतमा मुद्दा दायर गरेको हो।
अनुसन्धान गर्दा झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको अख्तियारले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ