मङ्लबार, फाल्गुन ८, २०८०

प्रसाईका समर्थक सार्वजनिक यातायातमा ढुंगा हान्न थाले


कान्तिपथ


व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ । प्रसाईं नेतृत्वको समूहले सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा हिन्दूवादीहरुको समेत उपस्थिति रहेको थियो । आफूलाई धर्मगुरु बताउने आचार्य श्रीनिवासले उक्त प्रदर्शनमा उग्रअभिव्यक्ति दिँदै सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनको कार्यक्रममा धर्मगुरु र राजावादी समूहसमेत सहभागि भएका थिए । त्यसपछि सिथिल बनेको प्रसाईंको आन्दोलन आज उग्र देखिएको हो । प्रसाईंका समर्थकले सार्वजनिक यातायातमा ढुंगा प्रहार गर्न थालेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत