बिहिबार, फाल्गुन १०, २०८०

नक्कली भुटानी काण्ड: टोपबहादुरको प्रतिरक्षामा बहस हुँदै


कान्तिपथ


नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्।

आज (मंगलबार) पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन्। त्यसअघि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सकेका थिए।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका तथा अन्य देश पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर ठगी प्रकरणमा रायमाझी प्रतिवादी छन्। गत असार १ गते काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश सुनाउँदै रायमाझीसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ। हालसम्म १८ जनाको बहस सकिएको उच्च अदालत पाटनले जनाएको छ।

२२ जनाकै पक्षबाट बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन्। सरकारी पक्षबाट बहस सकिएपछि निवेदक (२२ जना प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि मात्र इजलासले प्रतिवादीहरुलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय सुनाउने छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत