मङ्लबार, माघ २९, २०८१

चार मिटर लम्बाइको अजिङ्गर फेला


कान्तिपथ


तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा अजिङ्गर फेला परेको छ । स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन् ।

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षितरुपमा राखिएको जानकारी दिनुभयो ।

घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत