शनिबार, फाल्गुन १२, २०८०

एमालेको महाकाली-मेची यात्रा सुरु : बेलुका देउवाको गाउँमा बास


कान्तिपथ


नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली-मेची यात्रा बिहीबार (मंसिर १४ गते) बैतडीको झुलाघाटाबाट सुरु भएको छ। झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका छन्।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गरेको हो।

पदयात्राका क्रममा बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ। ओलीले सभालाई सम्बोधन गर्नेछन्।

त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पणलगायत कार्यक्रममा पनि ओली सहभागी हुनेछन्। पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। अमरगढी कांग्रेस सभापति शेरबहादुर देउवाको गृहनगर हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत