शनिबार, अशोज १९, २०८१

वाग्ले रास्वपाको तेश्रो वरियतामा


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई दुई नम्बर उपसभापति बनाएको हो।

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

रास्वपाले केन्द्रीय समितिभित्रै सचिवालयसमेत बनाएको छ। पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए छ।

रास्वपाको सचिवालय

१. सभापति – रवि लामिछाने
२. उपसभापति – डिपि अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराज भक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत