विगत १५ वर्ष अगाडि देखि पेप्सीकोला फुटबल चौरमा हुँदै आएको फेका प्रतियोगिता यस वर्ष मुलपानी फुटबल चौरमा हुने भएको छ । विद्या विकास स्कुल, गोठाटारका प्रधानाध्यापक एबम् फेकाका अध्यक्ष श्रीराम दाहालका अनुसार १६ औं खेल यही मङसिर २१ देखि ३० गतेसम्म मुलपानी फुटबल चौरमा चल्ने जानकारी दिए । खेलमा २४ टिम सहभागी हुनेछन भने फाइनल खेल ३० गते हुने अध्यक्ष दाहालले जानकारी दिए। २४ टिम मध्य प्रतिस्पर्धामा पहिलो, दोश्रो र तेश्रो हुने टिम लाई क्रमश: रु. २००००/-, १००००/- र ५०००/- धन राशी पुरस्कारका साथै ट्रफी तथा प्रमाण पत्र र चौथो हुने टिमलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ । उनका अनुसार फेकाले वार्षिक २० वटा कार्यक्रम गर्दै आएको छ।
शिक्षा क्षेत्रमा वि.स. २०५८ सालमा स्थापना भएको फेका नामक शैक्षिक क्लस्टरले शैक्षिक सुधार गर्नुका साथै विद्यार्थीहरुलाई क्षमताको विकास लागि विभिन्न प्रतियोगिता गराउँदै आएको छ। फुटबल, क्रिकेट, बास्केट बल, भलिबल जस्ता खेल, त्यसैगरी गायन, नृत्य, वादविवाद, वक्तित्त्व कला जस्ता प्रतियोगिताबाट विद्यार्थीहरुलाइ प्रतिस्पर्धा गराई अगाडि बढाउने गरेको अध्यक्ष दाहालले कान्तिपथ संवाददाता सुसिल चौलागाईंलाई जानकारी दिएका हुन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ