काठमाडौं । निष्क्रिय गुगल अकाउन्टलाई सदाका लागि डिलिट गर्ने मिति नजिक आइरहेको छ । यदि तपाईंले गत २४ महिनादेखि अहिलेसम्म आफ्नो गुगल अकाउन्टमा एक पटक पनि लगइन गर्नु भएको छैन भने अब त्यसमा तपाईंले पुन: पहुँच पाउन सक्नु हुने छैन ।
किनकि गुगलले त्यस्ता अकाउन्टलाई आउँदो शुक्रवार अर्थात् डिसेम्बर १ देखि चरणबद्ध रूपमा डिलिट गर्दै छ ।
आउँदो डिसेम्बर १ देखि दुई वर्षसम्म एक पटक पनि लगइन नगरेका अकाउन्ट, बनाएर कहिल्यै प्रयोग नगरिएका अकाउन्ट र कहिलेकाँही मात्र प्रयोग गरिएका अकाउन्ट गुगलको डिलिट गर्ने सूचिमा पर्ने छन् । त्यसरी डिलिट गरिएका अकाउन्टसँग सम्बन्धित सबै डेटा पनि प्रयोगकर्ताले गुमाउने गुगलले जनाइसकेको छ ।
तर यदि तपाईंसँग पुराना अकाउन्ट छन् भने यो समय तिनलाई जोगाउने तर्फ लगाउन तर्फ लाग्नुहोस् ।
किन निष्क्रिय अकाउन्ट डिलिट गर्दैछ गुगल?
विशेषत: सुरक्षाको विषयले गर्दा यस्तो कदम चाल्नु परेको गुगलले जनाएको छ । बिर्सिएका वा निष्क्रिय रहेका अकाउन्टमा पुरानो वा पुन: प्रयोग गरिएका पासवर्ड हुने, टु फ्याक्टर अथेन्टिकेसन सेट अप नहुने र प्रयोगकर्ताले सुरक्षा मापन नगर्ने भएकाले डिलिट गर्न लागिएको गुगलको तर्क छ ।
त्यस्तै सक्रिय अकाउन्टको तुलनामा निष्क्रिय अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने सम्भावना १० गुणाले कमी हुने र स्पाम तथा मालिसियस कन्टेन्ट फैलाउन त्यस्ता अकाउन्ट प्रयोग हुन सक्ने भएकाले पुनः सिर्जना नहुने गरी त्यस्ता अकाउन्ट बन्द गर्न लागिएकाे गुगलको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ