बुधबार, फाल्गुन ९, २०८०

डोल्पाको रसी गाउँमा भाइरलका कारण घरैपिच्छे बिरामी


कान्तिपथ


डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् ।

गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर बुढाले जानकारी दिनुभयो ।

“करिब एक महिना भयो, घरै पिच्छे बिरामी छन्, रुघाखोकी, ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको छ”- उहाँले भन्नुभयो । भाइरल ज्वरोले सिंगो गाउँनै थलापरेपनि अहिलेसम्म पनि स्वास्थ्यकर्मीको टोली उपचारकालागि नपुगेको उहाँको भनाई छ ।

यता त्रिपुरासुन्दरी नगरपालिकाको टोली आज स्वास्थ्यकर्मीसहित गाउँ जान लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

रसी गाउँमा केही हप्तादेखि भाइरलका बिरामी बढेको भन्ने जानकारी प्राप्त भएकाले औषधीसहितको स्वास्थ्यकर्मीको टोली जान लागेको श्रेष्ठले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत