बुधबार, फाल्गुन ९, २०८०

एमाले सरकारमा नहुँदा बत्ती गएजस्तै हुन्छ- ओली


कान्तिपथ


अछाम -नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमंन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धीका लागी नेकपा एमालेले संकल्प अभीयान थालनी गरेको बताउनुभएको छ ।

संकल्प यात्रा २०८० अन्तर्गत अछाम सदरमुकाम मंगलसेनमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकमा भैरहेको राजनैतिक अस्थिरता र अराजकताका लाई नेकपा एमालेले चिर्ने बताउनुभयो ।

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार त्यो संभव हुने दावी ओलीको  छ । “एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ” अध्यक्ष ओलीले भन्नुभयो ।

साथै उहाले प्रथम सहिद बाकाबिर जस्ता योद्धाको जन्मस्थान सुदुरपश्चिमलाई बिकासका हरेक कोणबाट अघाडी बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले समृद्ध नेपाल र सुखी नेपाल बनाउन एमालेले गरेको संकल्प अभियानलाई साथ दिन सम्पुर्ण जनतालाई आग्रह पनि गर्नुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत