मङ्लबार, माघ ८, २०८१

६ दिन चलेको एमाले मुगुको अधिवेशनबाट नयाँ नेतृत्व चयन


कान्तिपथ


नेकपा (एमाले) जिल्ला कमिटी मुगुको नेतृत्व चयन भएको छ। नवौँ जिल्ला अधिवेशनबाट एमाले मुगुले नयाँ नेतृत्व चयन गरेको हो।

केन्द्रको निर्देशनअनुसार एमाले मुगुले देशमै सबैभन्दा पहिला अधिवेशन गरेको थियो। जिल्लाभरबाट अधिवेशनका लागि ३७४ जना प्रतिनिधिहरु छनौट भएका थिए।

मंसिर ९ गते एमालेका महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीलगायतका नेताहरूको सहभागीतामा अधिवेशनको उद्घाटन गरिएको थियो। मंसिर ९ गते दिउँसो तीन बजेबाट सुरूभएको अधिवेशनको उद्घाटन सत्र सोही दिनको साँझ ६ बजे सकिएको थियो।

उद्घाटन सकिए लगतै सुरू भएको अधिवेशनको बन्द सत्र भने मंसिर ९ गते रातिबाट मंसिर १४ गते बेलुकासम्म चलेको थियो। उक्त अधिवेशनले पूर्ण रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा रत्नसिंह विष्ट, सचिवमा सुरेन्द्र मल्ल, उप–सचिवमा मदन बानियाँ र उप–सचिव समावेशीमा हैजली वि.क सर्वसम्मत चयन भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत