जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिने क्रममा यही मंसिर १४ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आज साँझ काठमाडौँ आइपुग्नेछन्।
आफ्नो भ्रमणबारे जानकारी गराउन आज साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलन गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएईको दुबई पुगेका थिए।
त्यहाँ रहँदा प्रधानमन्त्री प्रचण्डले शनिबार कोप–२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनुपर्ने’ बताएका थिए।
त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ