बिहिबार, चैत्र ६, २०८१

कांग्रेस ‘कोटा’ का न्यायाधिश बालकृष्ण खाँणको पक्षमा !


कान्तिपथ


नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ।

न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन्।

अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित भएको छैन्। बालकृष्ण खाँणका हकमा दुई न्यायाधीशबीच राय बाझियो। राय पनि यसरी बाझियो कि एकजना न्यायाधीशले त भएका तथ्य, प्रमाण र तिनको वैज्ञानिक परीक्षणलाई समेत शून्य करार गरेर खाँणलाई निर्दोषजस्तो देखाएर राय लेखिदिए ।

पाण्डे त्यतिखेर कांग्रेसको कोटाबाट कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पाण्डे कांग्रेसको कानुनी व्यवसायी भएर नेपाल बार एसोसिएसनको उपाध्यक्ष सम्म भएका थिए ।

सक्कली प्रतिवेदनमा दिएका सुझावअनुसारको काम गर्न मन्त्रिपरिषद्मा पेस गरी स्वीकृत गराई कार्यान्वयनमा गइसकेको अवस्थामा नक्कली प्रतिवेदनअनुसार छुट दर्ता गर्ने मनसायबाट झापा जिल्लाका सहायक प्रजिअको नेतृत्वमा समिति गठन गराउने कामको नेतृत्व गृहमन्त्रीका रुपमा खाँणले नै गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत