मङ्लबार, फाल्गुन ८, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • आकर्षण बढाउन एमालेको पूर्व-पश्चिम यात्रा : संस्थापक अध्यक्षकी छोरी रास्वपामा कोषाध्यक्ष !

आकर्षण बढाउन एमालेको पूर्व-पश्चिम यात्रा : संस्थापक अध्यक्षकी छोरी रास्वपामा कोषाध्यक्ष !


कान्तिपथ


पार्टीमा आकर्षण बढाउन नेकपा एमालेले सङ्कल्प यात्रा सुरु गरेकै बेला संस्थापक अध्यक्षकी भतिजी, प्रभावशाली नेताकी छोरी भने राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्ष चयन भएकी छन्। बैतडीको सीमाना झुलाघाटमा समृद्धीका लागि सङ्कल्प यात्राको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डाको फहराएर उद्घाटन गरेर सुरुआत गरेका थिए।

झुलाघाटदेखि पूर्वको चिवा भज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा एमालेले यात्रा गर्न लागेको हो।

एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । गत बुधबार सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो ।

लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी हुन् ।

त्यसको छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ ।आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य थिइन् लिमा । उनी एमालेको उद्योग विभागमा पनि थिइन् ।

एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् । नेकपा एसको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक पनि हुन् । उनी एमाले संस्थापक अध्यक्ष मनमोहन अधिकारीकी भतिजी पनि हुन् । उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए।

उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत