बुधबार, फाल्गुन ९, २०८०

विप्लब लगायत नेकपाका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी  


कान्तिपथ


काठमाडौ- जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले नेकपा माहासचिव चन्दसहित उहाँका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिमा मार्फत सार्वजनिक गरेको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ  ।

विप्लव नेतृत्व गरेको दल नेकपा समाजवादी मोर्चामा आवद्ध छ । जुन मोर्चामा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसमेत आवद्ध छन् ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत