शनिबार, फाल्गुन १२, २०८०

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा


कान्तिपथ


काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाऊ आदेश जारी आजका लागि पेसी तोकेको थियो । अदालतले उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरी यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो ।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत