बिहिबार, माघ ३, २०८१

नेकपा एस सचिवालय बैठक: महाधिवेश र राष्ट्रिय सम्मेलनको मिति तय


कान्तिपथ


काठमाडौ- नेकपा एकीकृत समाजवादीले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।मंगलबार  बसेको पार्टी सचिवालय बैठकले महाअधिवेशन र राष्ट्रिय सम्मेलनको मिति टुङ्गो लगाएको हो ।

“बैठकले आगामी जेठ ३ देखि ७ गते सम्म पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेका छौ । माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि भएको छ,” बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवाले भन्नुभयो ।

बैठकले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका लेख्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति समेत गठन गरेको छ । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको छ ।

त्यसै गरी बैठकले मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक पनि बोलाएको छ । त्यसैगरी पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक निर्णय भएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत