शनिबार, माघ २६, २०८१

नेपालीलाई रूसी सेनामा पठाउने १२ जना पक्राउ


कान्तिपथ


काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी रहेका छन् ।

यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, पक्राउ परेकाहरुले सामाजिक सञ्जाल मार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए ।

त्यसरी सम्पर्कमा आएका व्यक्तिहरुसँग रकम असुली गरेर उनीहरुले यूएई हुँदै रुससम्म लैजाने गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार, नेपाली युवालाई भिजिट भिसामा त्यहाँ लगिएको पाइएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो (एएचटीबी) ले पनि यो मामलामा ‘जानकारीमा राखेको’ बताएको छ ।

ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले भने, ‘पहिले विमानस्थलमा हाम्रो टोली हुँदा भिजिट भिसामा रूस जानेलाई फर्काएका थियौं ।’ उनका अनुसार, रुसबाट फर्किएका मध्ये कोही पनि ब्यूरोको सम्पर्कमा छैनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत