शुक्रबार, साउन २, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताकाे पहिलाे दिन नेपालले पाकिस्तानसंग खेल्दै

यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताकाे पहिलाे दिन नेपालले पाकिस्तानसंग खेल्दै


कान्तिपथ


काठमाडाै- यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । यूएईमा हुने प्रतियोगिताको पहिलो दिन आज नेपालको यू-१९ टोलीले पाकिस्तानसंगै खेल्दै आफ्नो एसिया कप यात्रा शुरु गर्दैछ । भारत, अफगानिस्तान र पाकिस्तान रहेको बलियो समूह ए मा परेको नेपालले उद्घाटनको दिनमै पाकिस्तानसंग खेल्न लागेको हो ।

नेपालले दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तान र २६ गते भारतसंग खेल्नेछ । नेपालसहित ८ देशको सहभागीता रहेको प्रतियोगितामा समूह चरणका उत्कृष्ट दुई टोलीले समिफाइनल खेल्नेछन् । प्रतियोगिता खेल्नेहरुको अर्को समूह बी मा आयोजक युएई, जापान, श्रीलंका र बंगलादेश छन् । यु-१९ विश्वकपको तयारी पनि भन्ने गरिएको एशिया कपमा नेपालले इतिहास रच्ने अपेक्षा गरिएको छ ।

यहि प्रतियोगिताबाट युएइ र जापान बाहेकका टोलीहरु यु-१९ विश्वकप खेल्न जाने भएकोले एशिया कपलाई महत्वका साथ हेरिएको छ ।

पुष १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता खेल्न नेपाली टोली केहि दिन अघि युएइ गएको हो । यो प्रतियोगितामा देव खनालको कप्तानीमा रहेको टोलीले खेल्नेछ ।

हालसम्म एसिया कपमा फाइनलमा पुग्न नसकेको नेपालले यस पटक त्यो यात्रा तय गरेर इतिहास बनाउने अपेक्षा क्रिकेटप्रेमीहरुले गरेका छन् ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत