आइतवार, फाल्गुन ४, २०८१

लोसपामा खटपट: नेता महतोद्वारा केन्द्रीय समिति बैठक बहिष्कार


कान्तिपथ


काठमाडौँ-  केन्द्रीय समितिमा नेताहरुको मनोनय र पदाधिकारीको जिम्मेवारी बाँडफाँटलाइ लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र खटपट देखिएको छ । मधेशवादी नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा समावेश नगरेको र उपयुक्त जिम्मेवारी नदिएको भन्दै पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले आइतबार बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गर्नु भएको छ । 

”पार्टीमा योगदान गरेका मधेशका नेता कार्यकर्तालाई पाखा लगाउने काम भयो । त्यसमा मेरो असन्तुष्टि हो । इमान्दार कार्यकर्ता र नेतालाई बाहिरै राखेर बैठकमा कसरी जानु? पार्टी अध्यक्षलाई यो विषय सम्बोधन गर्नुहोस् अनि बैठकमा आउला भनेको छु,” नेता महतोले नेपालटिभी अनलाइनलाई भन्नुभयो । 

 केन्द्रीय समितिमा नेताहरूको मनोनयन र जिम्मेवारी बाँडफाँटमा पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी गरेको नेता महतोको आरोप छ ।  राष्ट्रिय सभाको निर्वाचन, विस्तारित केन्द्रीय कार्य समिति बैठक लगायतका ९ वटा विभिन्न एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्य समितिको बैठक राखिएको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत