बिहिबार, चैत्र ६, २०८१

यसपटकको हिउँदमा नेपालमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान


कान्तिपथ


काठमाडौं- यसपटकको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।

मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने ६०.१ मिलिमिटरलाई औसत वर्षा मानिएको छ । यो वर्ष त्यो भन्दा बढी वर्षा हुने विभागको जलवायु विश्लेषण शाखाले जनाएको छ ।

कोशीको तराई र मधेश प्रदेशका क्षेत्रमा वर्षा कम हुने र बागमतीदेखि पश्चिमी भेगका अधिकांश भू-भागमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ ।

तापक्रमको उतारचढाव पनि सोही अनुसार पूर्व र मधेशतिर कम चिसो हुने र मध्यदेखि पश्चिमतिर बढी चिसो हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिमको कर्णाली, गण्डकी तथा उच्च हिमाली भेगमा अधिकतम र न्यूनतम तापक्रम कम हुने छ ।

अन्यत्र सरदर हिउँदको समयमा हुनेभन्दा बढी तातो हुने छ । हिउँदे अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो र दक्षिण ओसिलिएसनसँगै हिन्द महासागरमा विकसित हुने प्रणालीले पनि यो वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने देखाएको छ ।

यतिबेला प्रशान्त महासागरमा अलनिनो प्रणाली अवस्थित रहेको र त्यो हिउँद अवधिभर कायम रहने भएकाले पनि पानी पार्ने प्रणाली विकास गर्न सघाउने विभागले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत