मङ्लबार, माघ १, २०८१

मुख्यमन्त्री कार्की सवार कारमाथि झापाको दमकमा ढुङ्गा मुढा


कान्तिपथ


काठमाडौँ –  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि ढुङ्गा,मुढा प्रहार भएको छ ।

झापाको दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा- मुक्का प्रहार गरेको हो ।

ढुङ्गा मुक्का प्रहारबाट मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मी जानकारी दिनुभयो ।

प्रहरीले बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रुपमा केही व्याक्ति आएर एकाएक मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम भएको रेग्मीले बताउनु भयो ।

प्रहरीले मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य जारी राखेको  छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत