शनिबार, माघ ५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • नक्कली कागजपत्र बनाएर विदेश पठाएको आरोपमा अध्यागमन र एयरलाइन्सका कर्मचारी पक्राउ

नक्कली कागजपत्र बनाएर विदेश पठाएको आरोपमा अध्यागमन र एयरलाइन्सका कर्मचारी पक्राउ


कान्तिपथ


काठमाडौं- प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन बिभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का र नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरविन यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले ट्राभल एजेण्टसँग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिँदालिंदै पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो ।

भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उतिर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैया देखाउनुपर्ने भएकाले सोहि अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको उहाँले बताउनुभयो ।

अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउपरेसँगै अन्य केहि एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत