शनिबार, फाल्गुन १२, २०८०

एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज समापन हुँदै


कान्तिपथ


काठमाडौं- नेकपा एमालेको झुलाघाट चिवाभन्ज्याङ सङ्कल्प यात्रा आज समापन हुँदैछ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाटबाट सुरु भएको १८ औँ दिनमा यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न हुन लागेको हो ।

झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा विभिन्न जिल्लामा आयोजित सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

अध्यक्ष ओलीले पाँचथरको चिवाभन्ज्याङमा आज झण्डोत्तलन गर्ने कार्यक्रम रहेको छ । मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत