बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार

हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार


कान्तिपथ


इजराइल।  इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताउनुभएको छ । 

उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ, “निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।”

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो जानुभएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो । 

सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाई भएकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् । 

यद्यपि प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताउनुभयो । “कसैले हामी रोकिने छौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन, हामीले हमासमाथि आगो वर्षाएका छौँ, हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ ।”एएफपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत