आइतवार, फाल्गुन ४, २०८१

मधेश प्रदेशमा शीतलहर र हुस्सुः वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित


कान्तिपथ


धनुषा- केही दिनदेखि धनुषासहित मधेश प्रदेशमा चिसो हावासँगै बढेको कठ्यांग्रिदो चिसो र विहानैदेखि दिनभरि लागिरहेको शीतलहर र हुस्सुका कारण सर्वसाधारणहरु प्रभावित भएका छन् ।

विहानैदेखि परेको हुस्सुका कारण स्कुले बालबालिका अझ बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेर शितलहर चलेपछि बालबालिका, वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोबाट बच्न स्थानीय निकायले आगो ताप्ने र न्यानो लुगााको प्रबन्ध नहुँदा थप कष्ट भोग्न बाध्य भएको स्थानीय बताउछन् । दैनिक ज्याला मजदुरी गरी खाने विपन्नहरु चिसोको कारण काम गर्न केका छैनन् ।

चिसो बढेपछि तराईका बजार क्षेत्रमा पनि मानिसको चहल पहल घटेको छ। यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान सुझाव दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत