बुधबार, माघ ३०, २०८१

५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार


कान्तिपथ


जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ । त्यस्तै ग्यालेक्सी ए०५एस फोन ४/१२८ जीबी र ६/१२८ जीबी भरियन्टमा उपलब्ध छ । दुवै फोनमा माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्म एक्स्टर्नल मेमोरी थप गर्ने सुविधा छ ।

६.७ इन्चकाे स्क्रिन रहेकाे ग्यालेक्सी ए०५ मा ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको डेप्थ लेन्स र अगाडिपट्टि ८ मेगापिक्सेलको क्यामरा छ ।

त्यस्तै ६.७२ इन्चको स्क्रिन रहेकाे ग्यालेक्सी ए०५एसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ सेन्सर र अगाडिपट्टि १३ मेगापिक्सेलको क्यामरा रहेको छ ।

ग्यालेक्सी ए०५ मिडियाटेक हेलियो जी८५ प्रोसेसर र ग्यालेक्सी ए०५एस क्वालकम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सञ्चालित छ । साथै ग्यालेक्सी ए०५एसमा साइड माउन्ट फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ ।

यी दुवै नयाँ मोडेलमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि २५ वाटको ओरिजिनल एडप्टर दिइएको छ ।

सामसङ ग्यालेक्सी ए०५ को मूल्य ४/६४ जीबीको लागि १४,९९९ रुपैयाँ र ६/१२८ जीबीको लागि १८,९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै ग्यालेक्सी ए०५ को बजार मूल्य ४/१२८ जीबीको लागि २१,९९९ रुपैयाँ र ६/१२८ जीबीको लागि २३,९९९ रुपैयाँ रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत