शुक्रबार, फाल्गुन २, २०८१

फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी


कान्तिपथ


फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई पनि भित्र्याउने तयारी रहेको छ । प्रचारकै क्रममा रहेको रहेको फिल्मको अझै पनि केही छाँयाकन बाकी  रहेको छ ।त्यसका लागि निर्माण टिमले अभिनेता सौगात मल्ललाई कुरिरहेको स्रोत बताउँछ । तर, उनको व्यस्तताका कारण छायांकन जुरेको छैन ।फिल्ममा सौगातलाई केमियो भूमिकामा प्रस्तुत गर्न लागिएको जानकारी प्राप्त छ ।ग्याङस्टार कथामा आधारित रहेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको ‘रङ्गेली’को कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् भने सह-निर्मातामा युवक कार्की र शिव शंकर चौलागाईँ तथा एशोसियट निर्मातामा विवेक खड्का (योलो) छन् । महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ  ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत