सोमवार, फाल्गुन १४, २०८०

राष्ट्रियसभाका उम्मेदवारहरुको नामावली आज सार्वजनिक गरिंदै


कान्तिपथ


काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित हुँदैछ । मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली आज सार्वजनिक गर्न लागिएको हो ।

राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारहरुले नाम फिर्ता लिनका लागि भोलिको दिन निर्धारण गरिएको छ ।

भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारलाई निर्वाचन चिन्ह भने पर्सि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत