मङ्लबार, फाल्गुन ८, २०८०

प्रधानमन्त्री एकदिवसीय क्रिकेट : कोशीलाई हराउँदै आर्मी विजयी


कान्तिपथ


काठमाडौँ- त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।

जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् ।

ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक/एक विकेट लिए ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत