मङ्लबार, फाल्गुन ८, २०८०

स्क्रावल काठमाडौँ मा पुन: बुद्ध गौतम


कान्तिपथ



स्क्रावल काठमाण्डौ को जिम्मेवारी पुन:बुद्ध गौतम लाई दिइएको छ। स्क्रावल क्लबको केन्द्रीय समितिको निर्णय अनुसार गौतमलाई काठमाण्डौ को अध्यक्ष बनाइएको केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुली बताए।

गत माघ ४,५,६ गते काठमाडौँमा आयोजित 4th international Scrabble championship गौतमको नेतृत्वमा सफल भएको थियो। गौतमले केन्द्रीय समितिमा स्यमसेबक परिचालन संयोजक को जिम्मेवारी पाएका छन्। गौतम केन्द्रीय समितिमा गएपछि काठमाण्डौ क्लबको नेतृत्व कसले गर्ने भन्ने थियो तर केन्द्रीय समितिको निर्णअनुसार गौतमलाई नै काठमाण्डौ को जिम्मेवारी दिइयो अध्यक्ष पराजुलीले बताए।


स्क्रावल काठमाडौँलाई केन्दीय समितिको संरचनाअनुसार नै विस्तार गरेर यसलाई प्रभावकारी रूपले आफूले विस्तार गर्ने गौतमले बताए। अन्य पदाधिकारी को टुंगो भने पछि हुने काठमाण्डु क्लबको बैठकबाट टुंगो लाग्ने समेत गौतमले स्पष्ट पारेका छ। उपाध्यक्ष, कोषाध्क्ष,सचिव लगायतको टुंगो आगामी बैठक बाट लाग्ने छ।

नेपालमा आयोजना गरिएको 4th international Scrabble championship बाट Scrabble के हो भन्ने चासो सबैमा बढेकोले यसलाई सबै सामु लैजान आवश्य रहेको केन्द्रीय कोषाध्यक्ष पूर्ण बहादुर राना बताउँछन्। काठमाडौका विद्यालय लाई Scrabble क्लब को सदस्य बनाई सबै स्कुल मा यसको पहुँच पुर्याउने काठमाण्डु का अध्यक्ष गौतमले बताउँछन्। अब सदस्यता लिएका विद्यालयमा मात्र Scrabble खेल सिकाउने छौं उनले थपे। सदस्यता लिएपछि मात्र विद्यालयले चासो दिने गर्ने गरेको उनले थपे। गौतमले यस अघि पनि काठमाडौ Scrabble क्लब का सफल संयोजक भनेर चिनिन्छन्। Scrabble क्लबले विभिन्न जिल्लामा आफ्ना संयोजक तोकेको छ।

देशका करिब ४० जिल्लामा Scrabble खेल पुगेको केन्द्रीय उपाध्यक्ष ध्रुव थापाले जानकारी दिए।
खेलकुद विकास समितिमा विधिवत् दर्ता भई कार्यसम्पादन गर्दै आएको स्क्र्यावल क्लवका सल्लाहकारहरुमा क्रमश: श्री हिम बहादुर पौडेल क्षेत्री, श्री हिरालाल अर्याल, श्री ओमप्रकाश गुरुङ र श्री प्रमोद कुमार साह, श्री मोहन कुमार कार्की रहनुभएको छ भने कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष श्री केशवप्रसाद पराजुली, उपाध्यक्ष श्री ध्रुव थापा, महासचिव श्री रामचन्द्र कार्की, सचिव श्री शर्मिला पौडेल, कोषाध्यक्ष श्री पूर्णबहादुर राना मगर, सहकोषाध्यक्ष श्री नविन पन्त व्यवस्थापन संयोजक श्री अमर कुँवर, जनसम्पर्क संयोजक श्री भावना थापा, तालिम संयोजक श्री भोजराज सुवेदी, प्रविधि संयोजक श्री अर्जुन पाण्डे तथा स्वयमसेवक परिचालन संयोजक श्री बुद्ध गौतम हुनुहुन्छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत