आइतवार, फाल्गुन ४, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • नेपाली मजदुरकी छोरी ले भारतीय बोर्ड परीक्षामा ९६.४ % अंक ल्याएर उतिर्ण…

नेपाली मजदुरकी छोरी ले भारतीय बोर्ड परीक्षामा ९६.४ % अंक ल्याएर उतिर्ण…


कान्तिपथ


रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परिक्षामा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्।

भारतको महाराष्ट्रस्थित कोस्टल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठ भाषामा अध्ययन गरेर एस.एस.सीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।

उनका भाई प्रतिकले पनि ८९ प्रति’शत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए।

काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए।

जिरादका पूर्व ग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलोपटक कामको खोजिमा भारत जाँदा विवाहसमेत नगरेको बताउँछन्। ‘पछि उसले विवाह ग-यो र दुई छोरा:छोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने।

कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत