मङ्लबार, फाल्गुन ८, २०८०

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित


कान्तिपथ


नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण पनि भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो । प्रतिकूल मौसमका कारण उडान र अवतरण दुवै प्रभावित भएका छन् ।

शनिवार नेपालगञ्जमा कुनै पनि उडान हुन सकेन । विमानस्थल प्रमुख सुरेश खनालले बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको बताउनुभयो । प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् । 

नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, मुगु र बाजुरामा जाने समिट र तारा एयरलाइन्सको दुई, यति एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको ६ वटा उडान नभएको खनालले बताउनुभयो । श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन । 

आज पनि बाक्लो हुस्सु र शीतलहर चलेको कारण उडान प्रभावित हुने देखिएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत